काठमाडौं,
असोज २ ।
सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको सम्पन्न १२ औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । १२ औं साधारण सभाबाट अध्यक्षमा सुरेश अधिकारी निर्बाचित हुनुभएको छ । अधिकारीको नेतृत्वमा गठन भएको नयाँ समितिको उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बि. पाण्डे चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा सङ्गीतकार वसन्त सापकोटा चयन हुनुभएको छ ।
नयाँ समितिको सदस्यहरूमा शिरीष देवकोटा, सुवास रेग्मी, पि एन सापकोटा, राजेन्द्रकुमार कार्की, सुजन लम्साल, विमल अधिकारी र रमु खड्का रहनुभएको छ । नवगठित समितिले सङ्गीतको क्षेत्रलाई अझै उचाईमा पुर्याउनका लागि रोयल्टी सङ्कलनको काममा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।






