थप १४ सय ८६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

काठमाडौं,
भदौ २८ ।

सोमबार थप १४ सय ८६ जनामा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय १६ हजार ५३९ नमुना परीक्षण गर्दा एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१२ हजार ५३२ जनाको पिसिआर नमुना परीक्षण गर्दा एक हजार १४९ जनामा र चार हजार सात जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आइतबार ९ सय ११ र शनिबार ९ सय ९४ मा झरेको संक्रमितको संख्या सोमबार फेरि बढेको छ ।

सोमबार थप १२ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या सात लाख ४० हजार ७१७ पुगेको छ ।

पछिल्लो समय सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६ सय ७२ जना संस्थागत आइसोलेसनमा छन् ।

थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।

मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.९ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.२ प्रतिशत छ ।

यसमा तपाइको मत

अन्य समाचार