अरुणा लामाको गीत ‘हाँसी हाँसी जलिरहे…’मा कविताको स्वर (भिडियोसहित)

काठमाडौं,
भदौ २४ ।

स्व.गायिका अरुणा लामाको जन्मदिनको अवसर पारेर बिहीबार उहाँकै पुरानो गीतलाई पुनःस्वरबद्ध गरेर सार्वजनिक गरिएको छ । ‘हाँसी हाँसी जलिरहे’ बोलको गीतमा गायिका कविता श्रेष्ठले स्वर दिनुभएको छ । न्यायपूर्ण तरिकाले कविताले स्वरबद्ध गरेको गीतमा कुन्दन राज सुब्बाको संगीत छ भने नरेन्द्रराज प्रसार्इंको शब्द छ । गीतमा एरेञ्ज भने विशाल निरौलाले गर्नुभएको छ ।

गीतको निर्मात्री यमु शर्मा सुब्बा रहनुभएको छ । यस्तै भिडियोमा कथा यमुकै छ । मेची-महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्षसमेत रहनुभएकी यमु नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सक्रिए हुनुहुन्छ । उहाँले लेखेका थुप्रै गीत सार्वजनिक छन् । अहिले सार्वजनिक गीतको भिडियोमा यमुको अभिनय छ ।

यस्तै लोकप्रिय नायिका शिल्पा पोखरेलले जीवन्त अभिनय गर्नुभएको छ भने उहाँलाई आयुष क्षेत्रीले साथ दिनुभएको छ । यस्तै भिडियोमा गायिका कविताले पनि अभिनय गर्नुभएको छ । आयुष क्षेत्रीकै निर्देशन रहेको भिडियोमा अविनाश डिसी र किरण गिरीले सम्पादन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार