काठमाडौं,
भदौ १८ ।
शुक्रबार थप एक हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३३४ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा एक हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ७७३ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ३५७ र चार हजार ५६१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख ६७ हजार २७१ पुगेको छ । जसमा काठमाडौंमा ४६७, ललितपुरमा १२९ र भक्तपुरमा ७१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो समय थप दुई हजार २७४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ ।
हालसम्म देशभर ३९ लाख ४६ हजार १८९ नमुनाको पिसिआर परीक्षण भएको छ । तीमध्ये ३० हजार ६६२ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा भने दुई हजार ३४४ संक्रमित छन् । ५४० जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।






