काठमाडौं,
भदौ १६ ।
लोकप्रिय गीत ‘चरी उड्यो बादल छुनलाई’ का गायक रवी रिमाललाई पितृशोक परेको छ । गायक रिमालका बुवा रघुप्रसाद रिमाल को ७५ वर्षको उमेरमा मंगलबार बिहान ७ः३० मा किर्तिपुर हस्पिटलमा निधन भएको उहाँको परिवारले जनाएको छ ।
गायक रिमालका भाई किशोर रिमाल अमेरिका रहेको र बिहीवार आइपुग्ने हुनाले अन्येष्टी पनि सोही दिन दिँउसो नै गरिने जानकारी पनि रिमाल परिवारले जनाकारी गराएको छ ।






