काठमाडौं,
भदौ १५ ।
कोरियोग्राफर अश्विनी झा सम्मानित हुनु भएको छ । पेजेन्ट कोरियोग्राफर झालाई राजधानीमा आयोजित एक विशेष कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाले प्रमाणपत्र, दोसल्ला र खादाले सम्मान गर्नुभएको हो । ‘राष्ट्रलाई पुर्याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान’ भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’ बाट झा सम्मानित हुनुभएको हो ।
कार्यक्रममा प्रथम उपाराष्ट्रपतिसहित विशेष अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सि. ई. ओ. तथा निर्देशक निशु कान्त झाले संयुक्त रुपमा सम्मानित गर्नुभएको हो ।
विगत लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रुपमा अनवरत आफ्नो उत्कृष्टता प्रदान गर्दै आउनुभएका झाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गर्नुभएको छ ।
फेशन डिजाईनर काउन्सिल अफ नेपालका सल्लाहकारसमेत रहनुभएका कोरियोग्राफर अश्विनी वर्तमान समयमा नेपालका लोकपृय, व्यस्त तथा सफल कोरियोग्राफरमा पर्नुहुन्छ ।
कोरियोग्राफर झा सम्मानित भएको उक्त विशेष समारोहमा चलचित्र, सङ्गीत, समाजसेवा, मनोरञ्जन, फेसन डिजाईन, पेजेन्ट लगायतका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा सम्मान गरिएको थियो ।
अभिनेता धिरेन शाक्य, प्रदीप बास्तोला, शुशिल श्रेष्ठ, अभिनेत्री साक्षी लम्साल, हास्य अभिनेता गोपाल ढकाल (छन्दे), चलचित्र निर्देशक सुदर्शन थापा, राजु अधिकारी, म्युजिक भिडियो निर्देशक बिधान कार्की, चलचित्र निर्माता नवीन अधिकारी, लेखक शिवम अधिकारी , संगीतकार अर्जुन पोखरेल, गीतकार दयाराम पाण्डे, कोरीयोग्राफर रामजी लामिछाने, फेसन डीजाइनर अमित झा, मिसेस एशिया प्यासिफिक, मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी, पेजेन्ट निर्देशक बालकृष्ण पोखरेल र प्रिती कार्की, अटो व्यवसायी तथा नाडाका केन्द्रिय सचिव अनुप के. बराल लगायत ६ दर्जन भन्दा बढी स्रष्टा तथा राष्ट्रमा आफ्नो उल्लेखनीय योगदान पुर्याउनु भएका व्यक्तित्वहरू सम्मानीत हुनुभएको थियो ।






