काठमाडौं,
भदौ १४ ।
सोमबार थप दुई हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार २३३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ६१ हजार १२४ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै काठमाडौंमा ६६५, ललितपुरमा १३८, झापामा ११७, कास्कीमा १०७, भक्तपुरमा १०३ र सुनसरीमा १०० जना छन् । यस्तै, मोरङमा ९०, चितवनमा ५६, नुवाकोटमा ३९, मकवानपुरमा ३७, कालिकोटमा ३२, धादिङमा २८, काभ्रेपलाञ्चोक, दोलखा र बाँकेमा २४/२४ जना, नवलपरासी पूर्व र दाङमा १९/१९ जना, उदयपुर, रामेछाप र जुम्लामा १७/१७ जना, सिन्धुपाल्चोकमा १५, गोरखा र तनहुँमा १२/१२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
देशभर पछिल्लो समय सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ । तीमध्ये ३३ हजार ३३३ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा दुई हजार ५४१ संक्रमित छन् भने देशको विभिन्न अस्पतालमा ५६८ जना आइसियुमा र १६० जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै सोमबार एक हजार ८०८ जना सक्रण मुक्त भएका छन् । योसँगै सात लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।
थप १६ एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।






