कविता : कोमल

✍️ पेशल आचार्य
काठमाडौं,
भदौ १२ ।

देखेका छौ
भोगेका छौ
थाहा पाएका छौ
भलि भाँती चेतेका पनि छौ
तिमीले
मलाई
उसलाई
उनलाई
हामीलाई
जोजो र जस जसले जे जे भोगे पनि
जो जो र जस जसले जे जे पाए पनि
बाहिरबाट देखिए जस्तो म होइन
बाहिर भोगिए जस्तो पनि म होइन
म बाहिर कठोर छु
म बाहिर दृढ छु
तर भित्र कोमल
अन्तरमा नरम
गुह्यमा सरस
सारमा म ‘फूलभन्दा नरम र वज्रभन्दा कठोर’ छु,

पत्याऊ
नपत्याऊ
कुनै दिन परख गर्नुपर्छ
तिमीले निर्मम भएर मेरो
मैले निर्मम भएर तिम्रो
हामी दुईले हामी दुईको
परीक्षा
मापन
र मूल्याङ्कन
लिनै पर्छ
चाहे हामी
उत्तीर्ण होऊँ
या अनुतीर्ण ।।

यसमा तपाइको मत

अन्य समाचार