दमन रुपाखेतीलाई पितृशोक

काठमाडौं,
भदौ ११ ।

हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उहाँका बुबा श्रीहरि रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै निधन भएको हो ।

श्रीहरि त्रिभूवन विश्वविद्यालयको नेपाली विषयका प्राध्यापक हुनुहुन्थ्यो । श्रीहरिका चार सन्तानमध्ये दमन साईलो हुनुहुन्छ ।

टेलिफिल्म, फिल्म, म्युजिक भिडियो हुँदै गाइजात्रे प्रहसनमा समेत अभिनय गर्नुभएका दमन टेलिफिल्म ‘मेरी बास्सै’का निर्देशक र कलाकार हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार