काठमाडौं,
भदौ १० ।
आख्यानकार जया ओझाको नयाँ कृति ‘अनुराग’ उपन्यास बजारमा आएको छ । मानवीय संवेदनामा कलम चलाउने ओझाको ‘अनुराग’ दोस्रो कृति हो । यस अगाडि उहाँको ‘आवरण’ उपन्यास आएको थियो ।
नारी शक्ति र सामर्थ्यका साथै मातृत्व विषयवस्तुमा फरक तरिकाले उपन्यासमा प्रस्तुत गरिएको छ । यस उपन्यासमा ‘नारी शक्ति र सामथ्र्यलाई मात्र होइन मातृत्वलाई समेत फरक रूपमा प्रस्तुत गरिएको छ’ उपन्यासकार जया भन्नुहुन्छ । शिखा बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य ३८५ रुपैयाँ राखिएको छ ।






