कविता तिम्रा कदम

✍️ पेशल आचार्य
काठमाडौं,
भदौ १० ।

तिम्रा कदम हामीले
टुलुटुलु हेरेर सहिदिनु पर्ने
तिम्रा कुकृत्यहरू हामीले
निचाल भएर नियालिदिनु पर्ने
कस्तो हो यो स्वतन्तत्रा ?
कस्तो हो यो स्वच्छन्दता ?

हिजो तिम्रै लागि हामी
गाँस छाडेर भोक भोकै बस्थ्यौं
हिजो तिम्रै लागि हामी
घर न घाटका भएका थियौं
किनकि त्यसमा स्वतन्त्रताको चाह थियो
किनकि त्यसमा स्वच्छन्दताको असीम राह थियो,

समय बद्लियो
नेता बद्लिए
नीति बद्लियो
कानुन बद्लियो
सबै सबै
पूराका पूर
बद्लिए
तर जनताको
अभाव बद्लिएन
भोक बद्लिएन
शोक बद्लिएन
रोग बद्लिएन
शासनका खोलहरू बद्लिएका छन्
आदेशका ढोलहरू बद्लिएका छन्
शैलीका मोलहरू पनि बद्लिएका छन्
तर भुइँ मान्छे भुइँमै छ
छेउ लागेको वर्ग छेउमै छ
न त तिनका कोही उद्धारक छन्
न त तिनका कोही सहयोगी छन् ,

कसैले उनलाई बा भनेर फुक्र्याएका छन्
कसैले उनलाई अङ्कल भनेर सक्र्याएका छन्
तीन बित्ता उफ्रेर ती कथित
बा र अङ्कल भनाउँदाहरू
आफ्नो मौलिकपथ परिवर्तन गर्दै
गलत पथतर्फ अघि बढिरहेका छन्
यी सब घटना जनताले
एकटक भएर हेरिरहेको छ
मन मनमा गुनिरहेको छ ।।

यसमा तपाइको मत

अन्य समाचार