काठमाडौं,
भदौ ८ ।
काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा भदौ १६ गतेसम्मलाई कायम गरिएको छ । पुरानै नियमलाई यथावत् राख्दै भदौ १६ गतेसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गरिएको हो ।
मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो ।
यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन् । मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन । यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।






