आरसीको संयोकत्वमा प्रलेस प्रतिभा पुरस्कार छनोट समिति गठन

काठमाडौं,
भदौ ७ ।

प्रलेस प्रतिभा पुरस्कार छनोट समिति गठन गरिएको छ । यस वर्षको प्रलेस प्रतिभा पुरस्कारका लागि स्रष्टा छनोट गर्न प्रलेस नेपालका उपमहासचिव आरसी न्यौपानेको संयोजकत्वमा प्रकाश थापा र डा. कौशिला रिसाल रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको हो ।

सम्पूर्ण देशभक्त वामपन्थी लेखक तथा साहित्यकारहरूको साझा मोर्चा प्रगतिशील लेखक संघ, नेपालले प्रत्येक वर्ष कला सहित्य, संस्कृतिको क्षेत्रमा कलम चलाउने स्रष्टाहरूमध्येबाट राष्ट्रिय रूपमा छनोट गरेर एकजनालाई प्रलेस प्रतिभा पुरस्कार दिने परम्परालाई निरन्तरता दिँदै आएको छ । गठित समितिले देशभरबाट प्रगतिशील स्रष्टाहरूलाई आफ्नो कृति पठाउन आहृवान पनि गरिसकेको छ ।

स्रष्टाहरूबाट प्राप्त रचना तथा कृतिहरूमध्ये उत्कृष्ट रचना प्रतिभाका सर्जकलाई छनोट गरिने बताइएको छ । यसरी छनोटमा पर्न सफलभएका स्रष्टालाई प्रलेस नेपालको स्थापना दिवस २०७८ असोज ६ गतेका दिन पुरस्कारको राशी प्रदान गरिने जनाइएको छ । यो पुरस्कारलाई प्रगतिशील साहित्य क्षेत्रको महŒवपूर्ण पुरस्कारको रूपमा लिने गरिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार