थप ३२ सय ७४ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

काठमाडौं,
भदौ १ ।

मंगलबार थप तीन हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा थप तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ४५६ र ६ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या सात लाख ३७ हजार २२९ पुगेको छ ।

देशभर पछिल्लो समय सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ । तीमध्ये ३६ हजार ५७५ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा तीन हजार २९६ भने ७९० जना आइसियुमा र १९१ जना विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यस्तै मंगलबार एक हजार ९२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै ६ लाख ८७ हजार ६९ जना संक्रमण मुक्त भएका छन् ।
मंगलबार थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार