छायाँकार भीम रानाको निधन

काठमाडौं,
भदौ १ ।

छायाँकार भीम रानाको निधन भएको छ । कोरोना भाइरस संक्रमणपछि निमोनिया भएको उहाँको मंगलबार बिहान उपचारको क्रममा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार रानालाई साउन १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुरको आयुर्वेदिक अस्पतालमा लगिएको थियो ।

रानालाई भाइरस संक्रमणपछि निमोनिया भएको थियो । कीर्तिपुर अस्पतालमा उपचार गराइरहँदा पनि स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई बलम्बुस्थित एपीएफ अस्पताल लगिएको थियो । राना बस्ने परिवारका धेरै सदस्य कोरोना भाइरस संक्रमित भएका थिए ।

६२ वर्षमा निधन हुनुभएका राना नेपालका पुराना छायाँकार हुनुहुन्छ । उहाँले चलचित्र माइली, जीवनज्योतिलगायत धेरै चलचित्रमा छायाँकन गर्नुभएको छ । उहाँ केही समय चलचित्र विकाश कम्पनीमा पनि आवद्ध भएर काम गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

अन्य समाचार