काठमाडौं,
साउन २७ ।
जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गर्दै मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको उल्लेख गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली भई देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राती प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।






