केही स्थानमा ‘भारी वर्षाको सम्भावना

काठमाडौं,
साउन २५ ।

मौसम पूर्वानुमान महाशाखाकाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको उल्लेख गरेको छ ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनामा आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा दिउँसो मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १ को एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार