नवीन मनोहर
रामेछाप, मन्थली
साउन २५ ।
कसैले बोलाएको हो किभनेर
मझुक्किएँ
कसैले इसारा गरेको हो कि भनेर
म छलिएँ
कसैले बोलाए पनि नबोलाए पनि
अबत सुन्ने बानी परिसकेको छ
कसैले नबोलाए पनि बोलाए पनि
अब त एक तमासले हेर्ने बानी परिसकेको छ
त्यसैले आज म
नराम्ररी झुक्किएँ,
नझुक्किँदा जति मजा आउँदैनथ्यो
तर आज झुक्किँदा मजा आयो
जीवनमा यसैगरी
बेला बेलामा
पटक पटक
झुक्किन पाए
क्यादामी हुन्थ्यो होला ?
क्या मजा हुन्थ्यो होला ??
जीवनमा झुक्किँदा पनि
यति आनन्द आनन्द आउने रै’छ
पहिले किन झुक्किनँ
अहिले पो पछुतो लागिरहेको छ ।






