काठमाडौं,
साउन २३ ।
कृष्ण काफ्ले र रिता केसीको स्वरमा रहेको गीत ‘हेर्दा हेर्दै…’ सार्वजनिक भएको छ । सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको सङ्गीत र मनोहर सुनामको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुमन दाहालको निर्देशन र विकास गुरुङको कोरियोग्राफी रहेको गीतको भिडियोमा भुवन लोहनी र रञ्जिता ढकालले अभिनय छ । भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोमा पवन गौतमको छायाँकन छ । भिडियो मोडल भुवन लोहनीको जन्मदिनको अवसर पारेर सम्राट क्रियशन युट्युव च्यानमार्फत सार्वजनिक गरिएको हो ।






