काठमाडौं,
साउन १९ ।
गीतकार इन्दिरा चेम्जोङको नयाँ गीत ‘एकलौटी बजार’ सार्वजनिक भएको छ । बाबुल गिरीको सङ्गीत तथा एरेञ्ज र आभास क्षेत्रीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियो इन्दिरा चेम्जोङ नामक अफिसयल युट्युब च्यानलमार्फत स्रोता/दर्शकमाझ आएको छ । विश्व भण्डारीको सम्पादन रहेको भिडियोमा प्रेमील बियोगान्त भाव व्यक्त गरिएको छ ।
नेपालको पूर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिनुभएकी गीतकार इन्दिराले यसअघि ‘अर्को जन्म’ बोलको एल्बम साथै नेपाली तथा लिम्बु भाषाका धेरै गीतहरू सार्वजनिक गरिसक्नु भएको छ । यो सार्वजनिक गीतले पनि पहिला जस्तै स्रोता/दर्शकको माया पाउनेमा आशावादी रहेको उहाँले बताउनुभयो ।






