केही स्थानमा ‘भारी वर्षा’को सम्भावना

काठमाडौं,
साउन १७ ।

मौसम पूर्वानुमान महाशाखाकाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ । बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशभर सामान्य बदली रही मुलुकका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको हो ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश-१ मा पनि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार