थप ३ हजार ६११ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

काठमाडौं,
साउन १५ ।

शुक्रबार थप तीन हजार ६११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पिसिआर तथा एन्टिजेन गरी १४ हजार ६६१ जनाको परीक्षणका क्रममा तीन हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । शुक्रबारको संक्रमण दर २४.६२ प्रतिशत छ ।

सक्रिय संक्रमित संख्या ४० हजार ८४८ पुगेको छ । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा छन् भने तीन हजार १९४ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

१० वर्षमुनिका ७६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । शुक्रबार थप एक हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ ।

नेपालमा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ८३४ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार