काठमाडौं,
साउन १४ ।
गायक तथा निर्देशक नारायण रायमाझीको गीत ‘कदमको छायाँले’ नया भर्सनमा सार्वजनिक भएको छ । कदमको छायाले आमाको मायाले, तीज विशेष रहेको करिब २० वर्ष अगाडि रेकर्ड भएको गीत नयाँ भर्सनमा सार्वजानिक गरिएको हो । गीतलाई नयाँ एरेन्जमेन्टसहित भिडियो रिमा इन्टरटेन्मेन्टले सार्वजनिक गरेको हो ।
पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिनुभएको थियो । लय पुरानै भएपनि शब्द र भिडियोमा देखिने कलाकारहरू समय सापेक्ष बनाईएको छ । पुनः ताजकी गरिएको गीतमा सुनिता बुढा छेत्रीले स्वर दिनुभएको छ ।
शब्द, सङ्गीत रायमाझी आफैँले गर्नुभएको छ भने भिडियोमा मिराज अर्याल र योगेन्द्र कार्कीको क्यामेरा, मिराज अर्यालको सम्पादन तथा निर्देशन नारायण रायमाझीको छ ।






