काठमाडौंमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदै

काठमाडौं,
साउन १४ ।

काठमाडौंमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदैछ । महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि फेरि भेरोसेलको खोप लगाउन लागिएको हो ।

पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान महानगरले अनुरोध गरेको छ । खोप प्रत्येक वडामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार