थप ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

काठमाडौं,
साउन १३ ।

बुधबार थप तीन हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८८६ जनाको पिसिआर परीक्षणमा दुई हजार ६३४ र चार हजार ९२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक हजार २०६ जना गरी कुल तीन हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार संक्रमण पुष्टि हुने दर २४.२ प्रतिशत छ ।

सक्रिय संक्रमित मध्ये पछिल्लो समय होम आइसोलेसनमा २६ हजार ६५२ जना र संस्थागत आइसोलेसनमा दुई हजार ७९२ जना गरी देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा रहेका मध्ये ६११ जना आइसीयू र १६८ जना भेन्टिलेटर उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् । यस्तै बुधबार देशभरबाट थप एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।

वुधबार थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या नौ हजार ७९१ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार