कविता : सम दृष्टि

✍️ पेशल आचार्य
काठमाडौं,
साउन १३ ।

दाम्लाबाट फुत्केका बाछा पाडा
पिँजडाबाट भागेको चरीपंक्षी
हातबाट चिप्लेको माछो
नाङ्गै भुतुङ्गै खेलिरहेका केटाकेटी
उड्न लागेका परेवाका बच्चाहरू
थुनचोलीले नदाएका उन्नत उरोजद्वय
र बाँध फुटाएको उर्लंदो नदी
उस्तै उस्तै लाग्छन्,

राम्रा चित्रहरू
मनोहारी कविता
निर्उदेश्य हँसाइ
र कान्ताको प्रश्नविहीन
लजालु आँखाहरू
आहा ! मलाई उस्तै उस्तै लाग्छन्,

जीवनमा स्वार्थरहित गुम्फित वस्तुहरू
उस्तै उस्तै लाग्छन् ।।

यसमा तपाइको मत

अन्य समाचार