पेशल आचार्य
काठमाडौं,
असार १० ।
लोभका दृग
मायाका काया
आरिसका आँसु
अहमका दम्भ
यी सबैसबै
मोहका दूर्ग त हुन्,
जीवनमा एकफेर
मोहमा परेपछि
मानिस कहिल्यै बाहिर
निस्कन सक्दैन
छट्पटाएर त्यहीँ
जलनमा पर्छ
र अन्ततोगत्वा मर्छ,
मोहको बाहुपाश
संसारमा कसैगरी
हटाउन सकिन्न ।।






