काठमाडौं,
साउन ९ ।
देवी घर्ती र खेम सेन्चुरीको स्वरमा रहेको तीज गीत ‘ओई ओई लालुमै’ सार्वजानिक भएको छ । खेम सेन्चुरीको सङ्गीत, नेत्र अर्यालको शब्द शंकर बिसीको निर्देशन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा शंकर बिसी र अन्जली अधिकारीको जोडी रहेको छ । पशुपति म्युजिकले बजारमा ल्याएको गीतमा दुर्गा पौडेलको छायांकन तथा विकास ज्ञवालीको सम्पादन छ ।






