आजदेखि कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाईंदै

काठमाडौं,
असार ४ ।

कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप आजदेखि लगाईँदैछ । अमेरिकाले कोभ्याक्स अभियान अन्तर्गत उपलब्ध गराएको उक्त खोप सोमबारदेखि देशभर लगाउन लागिएको हो ।

यो खोप एक मात्रा मात्रै लगाए पुग्छ । अमेरिकाले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको खोपको १५ लाख ३४ हजार ८५० मात्रा उपलब्ध गराएको हो ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका लागि तोकिएको छ । योसँगै पूर्ण र अति अशक्त अर्थात क र ख वर्षका अपाङ्ग नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघिको अभियानमा छुटेका अग्रपंत्तिका कर्मचारीहरूलाई यो खोप उपलब्ध हुनेछ ।

काठमाडौंका १८ वटा अस्पताल र स्थानीय तहका खोप केन्द्रहरू गरी ४४ स्थानबाट खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार