कविता : अन्डाभित्रको चरा

✍️ नवीन मनोहर
काठमाडौं,
असार ४ ।

धेरै कष्टका
तपस्याहरु सहेर
मैले जीवनपाएँ
पहिलो चोटी म अन्डा भएर आएँ
दोस्रो चोटी म चल्ला भएर आएँ,

यसरी आएँ
उसरी आएँ
जसरी आए नि म आएँ
माउ र बाउ खसी पार्ने गरी आएँ,

मलाई आमाले अन्डाभित्रै
सबै सिकाएकी छिन्
कसरी फुल पार्ने ?
कसरी चल्ला कोरल्ने ?
कसरी माया प्रीति लगाउने ?
कसरी सम्भोग गर्ने ?
कसरी जीवन बिताउने ?

हो मैले कहिले
माउबाट
हो मैले कहिले
बाउबाट
जीवन काव्या करणहरू
सबैसबै सुनेको छु
ती सबै सिकेको छु,

म अब चल्लो भएर आएँ ।।

यसमा तपाइको मत

अन्य समाचार