काठमाडौं,
असार २९ ।
मंगलबार थप दुई हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको सात हजार ५८ जनाको पिसिआर परीक्षणबाट एक हजार ६३९ र तीन हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी जम्मा दुई हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार काठमाडौं उपत्यकामा ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४१०, ललितपुरमा ९७ र भक्तपुरमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरूमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५८६ जना र भेन्टिलेटरमा १८२ जना उपचाररत छन् । मन्त्रालयका अनुसार मंगलबार देशभरबाट दुई हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत छ ।
थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ४१२ पुगेको छ ।






