✍️ पेशल आचार्य
काठमाडौं,
असार २९ ।
जति हाले पनि
चुप चाप
गुम सुम
केही नभनी
केही प्रतिक्रिया नगरी बसिदिन्छ
यो खल्ती,
उहिलेको बैंक
अहिलेको वालेट
डिजिटल खल्तीसमेत भएको छ
पिता पुर्खाहरूले
थैली र खल्तीलाई
फकाइ फुल्याई जीवन चलाए,
यता खल्ती भोको छ
उता स्वीस बैंक
पैसै पैसाको ढ्याउ गरेर डकारिरहेछ
अवैध खातामा अवैध रकमहरूको पहाड
मेरो देश क्रमशः गरिब बन्दै छ
उता स्वीस बैंक दिनानुदिन
धनी महाधनी हुँदैछ ।।






