कविता : मौन

✍️ पेशल आचार्य
काठमाडौं
असार २८ ।

कृति
प्रकृति सबै मौन
नदी
समुद्र सबै मौन
आकाश
तारा सबै मौन
जीवनमौन
भोगाइ मौन
मृत्यु मौन
मौनमौन मौन
आहा ! अरू त अरू
मौन शब्द झन् कति मौन ?

जित्नेहरू मौन
हार्नेहरू पनि मौन
हाँस्नेहरू मौन
रुनेहरू पनि मौन
यो मौन
त्यो मौन
यहाँ मौन
त्यहाँ मौन
यत्रतत्र र सर्वत्र मौन,

यी हल्लाहरू के का लागि ?
यी जुलुसहरू के का लागि ?
यो चिच्याहट् कस्को हो ?
यो हुङ्कार किन हो ?
कविहरूले कहिल्यै
हला गरेको था छैन
कलाकारले कहिल्यै
स्वर मच्चाएको सुनिएको छैन
दार्शनिकहरू त झन्
मुखले भन्दा विचारले बोल्छन्,

फूल मौन फुलेको छ
नदी मौन बहेको छ
चरा पनि मौन उडेको छ
घाँस मौन रुपमै लहलह पलाइरहेको छ
यावत् सृष्टि मौन रुपमै चलेको छ,
आखिर किन यो हल्ला
मानिसहरूको बस्तीमा ???

यसमा तपाइको मत

अन्य समाचार