जनगायक जीवन शर्माकी छोरी अनुको गीत ‘लालीगुराँस फूल्यो वनैमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार २६ ।

जनगायक जीवन शर्माकी छोरी अनु शर्माको गीत ‘लालीगुराँस फूल्यो वनैमा’ सार्वजनिक भएको छ । अनुले आफ्नो जन्मदिनको अवसर पारेर पहिलो गीत आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गर्नु भएको हो ।

पहिलो चरणमा लिरिकल सार्वजनिक गरिएको गीतको भिडियोसमेत चाँडै निर्माण गर्ने गायिका अनुले बताउनु भएको छ ।
राष्ट्रियताको भाव बोकेको गीतको शब्द तथा सङ्गीत निलिमा पुनले तयार पार्नुभएको हो । आशिष अविरलले एरेञ्ज गरेको गीतको लिरिकल भिडियो तुलसी बाँस्कोटाले सम्पादन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार