काठमाडौं,
असार २६ ।
शनिबार थप दुई हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५३० जनाको पिसिआर परीक्षणबाट एक हजार ३५३ र तीन हजार ८८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१६ जना गरी जम्मा दुई हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र दुई हजार ९५० जना संस्थागत आइसोलेसनमा छन् ।
काठमाडौं उपत्यकामा शनिबार थप ४०४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना छन् । नेपालमा पछिल्लो समय संक्रमण दर २०.८२ प्रतिशत छ भने सक्रिय संक्रमित प्रतिशत ४.०५ प्रतिशत छ ।
थप एक हजार ४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ ।
शनिबार थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ३६२ पुगेको छ ।






