काठमाडौं,
असार २१ ।
जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गर्दै अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणी भू-भाग नजिक रहेको र यो बेला मनसुनी गतिविधि कम हुने जनाएको छ । अहिले प्रदेश एकका केही ठाउँमा मध्यम खालको पानी परिरहेको छ । प्रदेश दुई, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश एक, दुई, वाग्मती, गण्डकी र लुम्बिनीमा मौसम पूर्ण बदली हुने अनुमान छ । त्यस्तै कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने महाशाखाले जनाएको छ । आज राति प्रदेश एकसहित वाग्मती र गण्डकीका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी पर्ने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।






