भक्तपुर,
असार १६ ।
१८ औं धान दिवसको अवसरमा सखी प्रतिष्ठानले धान दिवस मनाएको छ । नेपाली साहित्य, संस्कृति र महिला सशक्तिकरणको लागि काम गर्दै आएको सखी प्रतिष्ठानले यस सन्दर्भमा धान दिवस मनाएको हो ।
सखी प्रतिष्ठानको आयोजनामा भक्तपुरको मनोहरा खोलाको किनारमा आयोजना भएको धान रोपाईको अवसरमा सहभागिले असारे गीत गाउँदै रमाइलो नृत्यसमेत गरेका थिए ।
कार्यक्रममा सखी प्रतिष्ठानका सल्लाहकार साहित्यकार राधेश्याम लेकाली, अध्यक्ष मन्जिला अनिल, उपाध्यक्ष कमला रिसाल, महासचिव एवं सो कार्यक्रमका संयोजक एल्सा झा, सचिव रुपा पौडेल, सदस्यहरु नीशा रिमाल, सर्जक अनिलनाथ उप्रेती, संचारकर्मी इलु शर्मा तथा स्थानीय रामभक्त कैती, ज्ञानु माया कैती र आरती रानासहितको सहभागिता थियो ।






