थप २८ सय ९२मा कोरोना संक्रमण, संक्रमणदर २६ दशमलब ३ प्रतिशत

काठमाडौं,
असार १६ ।

थप २८ सय ९२मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार १८७ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार ८८९ जना र चार हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ३ जना गरी कुल दुई हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र तीन हजार १७ जना संस्थागत आइसोलेसनमा छन् ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो समय संक्रमणदर २६ दशमलब ३ प्रतिशत रहेको छ । मंगलबार दुई हजार ६३६, सोमबार दुई हजार ४४४ र आइतबार एक हजार ९२० जनामा कोरोना संक्रमण भेटिएको थियो । आइतबार केही कम व्यक्तिमा संक्रमण देखिए पनि फेरि संक्रमण दर बढदै गइरहेको छ । पछिल्लो समय १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले चार जनामा परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भइरहेको बताउनु भयो । उहाँले जोखिम कम नभएकाले स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गर्नुभयो । केही दिन अघिसम्म २३ प्रतिशत रहेको संक्रमण दर झन्डै साढे तीन प्रतिशतले वृद्धि भएको छ । प्रवक्ता पौडेलले भन्नुभयो, ‘केही दिनको तुलनामा संक्रमण पुनः बढेको हो । जोखिम हटेको होइन ।’

काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन् ।

यस्तै, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ६, झापामा १७९, धनकुटामा १०, पाँचथर २, भोजपुर १, मोरङमा १४६, संखुवासभा १, सुनसरीमा १८५, धनुषामा १६, पर्सामा ५, बारामा ३, महोत्तरीमा ८, रौतहटमा ६, सप्तरीमा ४, सर्लाहीमा १, सिरहामा २, काभ्रेमा ३१, चितवनमा ७९, दोलखामा ४, धादिङमा ६, नुवाकोटमा ३६, मकवानपुरमा ३६, रसुवा २, रामेछापमा ७, सिन्धुलीमा २, सिन्धुपाल्चोकमा २१, कास्कीमा ११८, गोरखामा १, तनहुँमा ५२, नवलपरासी पूर्वमा ३२, पर्वतमा ५६, म्याग्दीमा २२, लमजुङमा ५, बागलुङमा ९ र स्याङजामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा २४, दाङमा १६, नवलपरासीमा २, पाल्पामा २०, प्युठानमा १, बर्दियामा १२, बाँकेमा ९, रुपन्देहीमा २६, रोल्पामा १, कालिकोट ३, दैलेखमा ७, रुकुम पश्चिममा १, सल्यानमा २, सुर्खेतमा १२, कञ्चनपुरमा १४, कैलालीमा २८, डडेल्धुरामा १, बैतडीमा १, दार्चुलामा १, बाजुरामा १ र डोटीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप तीन हजार ५९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या पाँच लाख ९६ हजार १३२ पुगेको छ । संक्रमित निको हुने दर ९३ दशमलब ३ प्रतिशत छ ।

बुधबार थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड-१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ११२ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार