काठमाडौं,
असार १२ ।
यो वर्षको तीजसँग सम्बन्धित गीतहरु सार्वजनिक हुन थालेका छन् । यही क्रममा गायिका चन्द्रा आचार्यको तीज गीत ‘तम्रा मयाले…’ सार्वजनिक भएको छ । खप्तडदेखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मीप्रसाद गौतमको शब्द छ । गीतमा गौरव दर्पणको सङ्गीत र सुरथ प्रधानको सङ्गीत संयोजन तथा मित्र लामाको रेकर्डिङ र मिक्सिङ छ । गीत सुर सङ्गीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
रमेश थापा निर्देशित भिडियोमा गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम, एन्जेल कार्की फिचर्ड हुनुहुन्छ । नहकुल खड्काको सम्पादन रहेको भिडियोमा शिव ढकालको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी छ । भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






