निर्देशक बिश्वदीप घिमिरेलाई पितृशोक

काठमाडौं,
असार १२ ।

चलचित्र निर्देशक बिश्वदीप घिमिरेलाई पितृशोक परेको छ । उहाँका पिता कमलप्रसाद घिमिरे ७८ बर्षको उमेरमा आफ्नै निजि निवास कमलामाइ नगरपालिका–५ मधुटार सिन्धुलिमा ११ गते शुक्रवार बेलुकी ७ बजे स्वर्गारोहण भएको हो ।

घिमिरे सिन्धुली जिल्लाको कम्युनिष्ट बामपन्थी आन्दोलनका अग्रज योद्धा हुनुहुन्थ्यो । विसं.२६ साल बाट कम्युनिष्ट आन्दोलनमा सकृय घिमिरे नेपाल कम्युनिष्ट पार्टीको जिल्ला अध्यक्षसमेत हुनुहुन्थ्यो ।

लामो समयदेखि दम रोगबाट पिडित घिमिरे शुक्रबार बेलुकी ७ बजे घरमै स्वर्गारहण भएको हो । मिना बराल, सरिता गजुरेल, बिश्वदीप घिमिरे, मोहन घिमिरे उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार