✍️ नवीन मनोहर
रामेछाप, मन्थली,
असार १० ।
विगत र आगत
इतिहास र वर्तमान्
बाबु र छोरा
आमा र छोरी
भूत र भविष्यत्
जीवन र मृत्यु्
सबै सबै
यी तीर्यक कामनाका साथ
कहिल्यै एकर्कामा
आकर्षित भएनन्
सबै सबै
यी असमेल अकर्मक भावमा
कहिल्यै एकर्कामा
विकर्षित पनि भएनन्,
कारण सानो छ
हरेक पक्ष र विपक्षमा
हरेक तर्क र प्रतितर्कमा
हरेक आदि र अन्त्यमा
एउटा फासला छ
एउटा अन्तर छ
एउटा दूरी छ
त्यो हिजो थियो
त्यो आज छ
र त्यो भोलि पनि रहने छ ।।






