आजको मौसम पूर्वानुमान : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,
असार ९ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै मनसुनी वायुकै प्रभावले आज दिउँसो चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र प्रदेश नं १, प्रदेश न २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्ययम वर्षा भईरहेको उल्लेख गरेको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार र शुक्रबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा भनिभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार