कविता : उद्घोष

✍️ नवीन मनोहर
रामेछाप, मन्थली,
असार ९ ।

सस्वर आवाज
परिवेशमा आउँछ र जान्छ
मौन आवाज
दीर्घकालसम्म
झन्कारमय लवजमा
रहिरहन्छ,

बोल्नु
नबोल्नु हो
तर नबोल्ने
कडा बोल्नु हो,

संसारमा
बोल्नेहरूले
कडा बोल्नेहरूले
केही क्षण जितेका होलान्
तर निनानसेकमा
हारेका छन्
खुरूखुरू
वाचाल
मौन
कार्यले
संसारमा हंगामा फैल्याएको छ ।
क्रान्ति पछिको परिवर्तन ल्याएको छ ।।

यसमा तपाइको मत

अन्य समाचार