‘को होला त्यो’मा पल र प्रकृति (भिडियोसहित)

काठमाडौं,
असार ८ ।

सुनील गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अस्मिता अधिकारीको स्वर छ ।

गीतमा गायक गिरीकै शब्द र सङ्गीत छ भने गोपाल रसाइलीको एरेञ्ज छ । निषेधाज्ञाअघि कालिञ्चोक, चरिकोट मुडे लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा अभिनेता तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठको अभिनय छ ।

गायक गिरीले आठ वर्षअघि पल र प्रकृतिलाई नै लिएर ‘को होला त्यो’ बोलको गीत बजारमा ल्याएका थिए । भिडियोमा अनिलकृष्ण मानन्धरको छायांकन र निर्देशन तथा मनोज कार्कीको सम्पादन र कलर छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको भिडियोलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको हो ।

सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगद उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार