काठमाडौं,
असार ३ ।
सरु गौतम र प्रताप दासको स्वरमा रहेको गीत ‘मायालुलाई भेटेसी…’ ले युट्युवमा दर्शकको साथ पाएको छ । कार्टुनक्रुज जुनियरका कलाकारहरूले गीतको भिडियो अभिनय गरेका छन् ।
कुमार कटुवालको शव्द र दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो ट्रेन्डिगमा छ ।
सरोज अधिकारीको निर्देशनमा ज्ञानेन्द्र शर्माले काठमाडौंका धर्मस्थली र सिकलीचौर लगायतका ठाउँमा खिचेका दृष्य मनोरम छन् । गाउँले परिवेश पनि देखिन्छ ।






