काठमाडौं,
जेठ ३१ ।
चलचित्र छायांकार राम शंकर प्रधानको निधन भएको छ । लामो समयदेखि डायलासिस गराउँदै आउनुभएका ७२ वर्षिय प्रधानको आईतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिनुभयो ।
प्रधानले ‘चलचित्र’, ‘फेरि तिम्रो याद आयो’, ‘त्रिनेत्र’ ‘अजम्बरी नाता’लगायत दर्जनौं नेपाली चलचित्रमा छायाँकन गर्नुभएको छ ।
प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।






