चुरीफुरी टिमद्वारा राहत वितरण

काठमाडौं,
जेठ २८ ।

चलचित्र ‘चुरीफुरी’ परिवारले कोरोना महामारीले गरिएको निषेधाज्ञाले गर्दा काम गरेर खान नपाएका परिवारहरूलाई काठमाडौंको बसुन्धरामा रहेका केही पीडितलाई खाद्यान्न तथा मास्क प्रदान गरेको छ ।

गत १६ वैशाखदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको बिरामी र ज्यालामजदुरलाई चामल, तेल, नुन, बिस्कुट, मास्कजस्ता सामग्री करिब २० देखि एक महिनालाई पुग्नेगरी प्रदान गरिएको छ । सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामलसहित विभिन्न खाद्य सामग्री प्रदान गरिएको चुरीफुरीका निर्माता निर्देशक ऋषिराज आचार्यले बताउनु भएको छ ।

चलचित्र चुरीफुरीको तर्फबाट गरिएको राहत वितरण चलचित्र निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सहनिर्माता विमला भुसालले राहत वितरण गर्नुभएको हो । महामारीमा थोरै भए पनि राहत होस भनेर केही पीडितलाई राहत बाडेर सेवा गर्न पाएकोमा निर्देशक आचार्यलाई खुशी लागेको बताउउनु भएको छ ।

ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र रविन्द्र झा, अभिषेक श्रेष्ठ, राजीव जंग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुवोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल (जोया), महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, सरिस्मा मगर, तुलसी प्रशाद श्रेष्ठ, रश्मि आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, जिपी पाठक, मनिल तामाङलगायतको अभिनय छ । राहुल राईको छायांकन रहेको चलचित्रमा ऋषिराजसँगै रिना ढकालको लगानी छ ।

यसमा तपाइको मत

अन्य समाचार