नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौं,
जेठ २७ ।

नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाउनु भएको हो ।

राष्ट्रपति भण्डारीले नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज सपथ खुवाउनु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गृहमन्त्रीमा एमालेका खगराज अधिकारीलाई नियुक्त गर्नुभएको थियो । यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री हुनुभएको छ भने नैनकला थापा सञ्चार मन्त्री हुनुभएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना, कृषि विकास राज्यमन्त्री ज्वाला शाह, आशा विक वन राज्यमन्त्रीले सपथ लिनुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार