केही स्थानमा वर्षा हुने

काठमाडौं,
जेठ २६ ।
जल तथा मौसस पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्टयासहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको उल्लेख गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार