सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पाए विश्वासको मत

काठमाडौं,
जेठ २५ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा एमालेको माधवकुमार नेपाल समूहले समर्थन गरेपछि भट्टको सरकार जोगिएको हो ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ मतमात्रै पर्‍यो । ओली पक्षका ७ र जनता समाजवादी पार्टीका २ जनाले सरकारको विपक्षमा भोट हालेका थिए ।

१२ जना प्रदेशसभा सदस्य रहेको कांग्रेस तटस्थ बसेको थियो । यसअघि मत नपुग्ने अवस्थामा कांग्रेसले पनि सहयोग गर्ने निर्णय गरेको थियो तर मत पुग्ने भएपछि तटस्थ बसेको हो ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

यसमा तपाइको मत

अन्य समाचार